Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकानमा अनौठो आवाज सुनिन्छ – मुखको क्यान्सर हुन सक्छ !

कानमा अनौठो आवाज सुनिन्छ – मुखको क्यान्सर हुन सक्छ !


काठमाडौं । शरीरमा अनावश्यक कोसिकाहरूको अनियन्त्रित फैलावटबाट नै क्यान्सर हुने गर्दछ । यसरी अनावश्यक कोसिकाहरु देखिएको शरीरका जुन कुनै भागमा क्यान्सर हुन सक्छ । कतिपय क्यान्सर समयमै पहिचान गर्न सके निको पार्न सकिने भएकाले हेलचेक्राई गर्न नहुने विज्ञहरुले बताउनेगरेका छन् ।

विज्ञहरूका अनुसार कानमा अनौठो आवाज सुनिन्छ भने त्यो पनि क्यान्सरको संकेत हुन सक्छ । कुनै बेला कानमा अप्ठ्यारो तथा असामान्य आवाज सुनिन्छ भने त्यसलाई नजर अन्दाज नगर्न स्वास्थ्य विज्ञहरुले सुझाब दिएका छन् । कानमा ‘टेम्पोरोम्यान्डिबुलर डिस्अर्डर’ (बंगारा दाँत र त्यस वरपरका मांशपेसीको दुखाई)सँग मिल्दोजुल्दो लक्षण कानमा हुन्छ भने यसबारे सचेत हुनुपर्ने विज्ञको भनाई छ ।

यसरी कानबाट सुरु भएको दुखाई गालातिर सर्दै जाने, कान भरिएजस्तो भएर दुख्ने, अनौठो आवाज वा झनझनाहट अथवा घण्टी बजेजस्तो आवाज आउने मुखको क्यान्सरका कारण हुन सक्छ । यसैगरी ओठ वा मुखको घाउ निको नहुनु, मुखभित्रको मुनि सेतो रंगको धर्सा बन्नु, दाँत टुक्रिनु, मुखमा गाँठागुठी आउनु, खानेकुरा निल्नमा समस्या हुनु लगायतका लक्षण पनि मुखको क्यान्सरका कारण देखा पर्छन । यस्तो समस्या भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।

मुखको क्यान्सर विभिन्न कारणले हुन्छ 

बेलायतमा गरिएको अध्ययनअनुसार ६० प्रतिशत क्यान्सर धूम्रपानका कारण हुनेगरेको पाइएको छ । धूम्रपान गर्दै गरेको व्यक्तिको नजिक बस्ने व्यक्तिलाई पनि क्यान्सरको खतर निकै धेरै हुने यो अध्ययनबाट औँल्याइएको छ । यस्तै ३० प्रतिशत क्यान्सरका रोगी मद्यपानबाट भएको देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ