Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsम्यानमारमा अस्थिरता, युट्युबले डिलिट गर्यो सेनाले सञ्चालन गरेका पाँच च्यानल

म्यानमारमा अस्थिरता, युट्युबले डिलिट गर्यो सेनाले सञ्चालन गरेका पाँच च्यानल


एजेन्सी । युट्युबले म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल डिलिट गरेको छ । हिंसा बढ्दै गएपछि युट्युबले सेनाका च्यानल डिलिट गरेको हो । सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल डिलिट गरिएको शुक्रबार युट्युबले जानकारी दिएको छ ।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएको सेनाले प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै आएको छ । सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै म्यानमारमा दिनहुँ विरोधमा प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र नियन्त्रित नेताहरुलाई रिहा गरिनु पर्ने माग राखेर प्रदर्शन गरेपनि सेनाले बल प्रयोग गर्ने गरेको छ । शुक्रबार भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप एकजनाको ज्यान गएको छ ।

अहिलेसम्म म्यानमारमा सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ । हाताहाति बढ्दा आन्दोलन थप हिंश्रक बनेपछि अन्तर्राष्ट्रि समुदाय तथा मानवअधिकारवादी संघ संस्थाहरुले सेनाको कदम र दमनको बिरोध गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ