Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleअप्रिलदेखि युरोपेली संघका सदस्य राष्ट्रहरुले मासिक १० करोड खोप पाउने

अप्रिलदेखि युरोपेली संघका सदस्य राष्ट्रहरुले मासिक १० करोड खोप पाउने


एजेन्सी । युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड कोरोनाविद्धको खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरुलाई मासिक १० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।

खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिएका कारण यो सम्भव रहेको उहाँको दाबी छ । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएपनि कुन खोपहरु ल्याउने भन्ने तयारी भैरहेको लेयनले बताउनुभयो । युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएका कारण यीनै खोप आउने आँकलन गरिएको छ ।

मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आँफैमा ठूलो उपलब्धि भएको बताइएको छ । युरोपेली संघ अन्तर्गत रहेका २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ