Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा मृर्गौला रोगी बढ्दै, नियमित परीक्षण गरेर यसरी जोगिऔँ

नेपालमा मृर्गौला रोगी बढ्दै, नियमित परीक्षण गरेर यसरी जोगिऔँ


काठमाडौं । मार्च ११, अन्तर्राष्ट्रिय मिर्गौला दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम सहित दिवस मनाइँदै छ । ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नारासहित यो दिवस मनाइएको हो ।

सन् २००६ देखि हरेक वर्षको मार्च ११ मा यो दिवस मनाउन थालिएपनि नेपालमा मिर्गौला रोगका बिरामी हरेक दिन बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य जाँच नगर्ने बानीले गर्दा मानिसको मिर्गाैलाले काम नगर्ने चिकित्सकहरुले बताउनेगरेका छन् । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको देखिएको छ ।

नेपालमा हरेक वर्ष तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने विभिन्न तथ्यले देखाएको छ । नियमित मिर्गौला परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे मात्रै पुग्ने र यो बेलाबेला जाँच गरिरहन चिकित्सकहरुले सुझाव दिएका छन् । यसका लागि सरकारी अस्पतालमा एक सयदेखि एक सय ५० रुपियाँसम्म मात्रै खर्च लाग्छ । केही वर्ष अघिसम्म मिर्गाैला रोगको उपचार तथा प्रत्यारोपण गर्न नेपाली नागरिक भारतलगायतका देशमा जानुपर्दथ्यो । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँच सयभन्दा धेरैको प्रत्यारोपण भैरहेको छ । केन्द्रबाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुँदैआएको छ । वीर अस्पतालमा नियमित मिर्गाैला प्रत्यारोपण हुने गरेकोमा अहिले भने स्थगित गरिएको छ ।

नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रूपमा मिर्गौला रोग लाग्ने गरेको विभिन्न अध्ययन र बिरामीको अवस्थाले देखाएपनि सचेतना र सावधानि अपनाउन स्वयम व्यक्तिहरुले चासो नदिदा जोखिम थप बढ्ने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ