Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओली सरकारमा रहेका ६ मन्त्रीलाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन, समर्थन फिर्ता कहिले ?

ओली सरकारमा रहेका ६ मन्त्रीलाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन, समर्थन फिर्ता कहिले ?


काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा रहेका ६ मन्त्रीलाई २३ घण्टाभित्र स्पष्टिकरणसहित मन्त्रीपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्र रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो ।

अदालतको फैशलाबाट नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र विगतकै अवस्थामा आएपनि गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । उनीहरु माओवादी केन्द्रका नेता भएपनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफ्नो गुटको बैठकबाट शुक्रबारमात्रै केन्द्रिय कमिटि सदस्य बनाउँदै पार्टीको जिम्मेवारी पनि दिइसकेको छ । बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन भएका छन । एमालेमा लागेका नेताहरुले यसअघि नै कानुनी कारबाही सहन तयार रहेको भन्दै माओवादी केन्द्रमा नफर्किने बताइसकेका छन् ।

माओवादी केन्द्रले मन्त्रीबाट फिर्ता बोलाएपनि सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको छैन । थप रणनीति बनाउन माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्नेछ । चैत २ गतेको राष्ट्रिय भेला गर्ने भनिएपनि अर्को सूचना नहुँदासम्म स्थगित गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ