Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकोरोनाविरुद्धको भ्याक्सिन थुपार्नेविरुद्ध संयुक्त राष्ट्र संघका महासचिवको आक्रोश

कोरोनाविरुद्धको भ्याक्सिन थुपार्नेविरुद्ध संयुक्त राष्ट्र संघका महासचिवको आक्रोश


एजेन्सी, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस कोरोना महामारीविरुद्धको भ्याक्सिन थुपार्नेविरुद्ध आक्रामक देखिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनालाई विश्व महामारी घोषणा गरेको एक वर्ष पूरा भएको अवसरमा सम्बोधनमा गर्दै अनावश्यक रुपमा भ्याक्सिन नथुपार्न अनुरोध गरेका हुन् ।

‘‘संसारका सबै मानिसलाई खोप सुनिश्चित गर्नका लागि विश्व अर्थव्यवस्था बहाल गर्नु तथा अब समाजलाई लकडाउन होइन भाइरसलाई लकडाउन गर्नुपर्छ ।’’ गुटेरेसले भने । कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अहिलेको समयमा भ्याक्सिनबारे प्रकट भएका विचारले हाम्रो नैतिकता झल्किने भन्दै उनले आजका मितिसम्म पनि भ्याक्सिनको एक डोज नपाउने मुलुकलाई लिएर चिन्ता व्यक्त गरे । संसारभरका स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएर कोरोनाविरुद्धको अभियानमा लाग्ने सबैको प्रशंसा गरेका महासचिव गुटेरेसले खोप उत्पादन बढाउन र त्यसको वितरण व्यवस्थित गर्न सबै देश एकताबद्ध हुनु पर्नेमा जोड दिएका थिए ।

कोरोनाले हालसम्म ११ करोड ७० लाखभन्दा बढी मानिसलाई संक्रमित बनाउँदा मृत्यु हुनेको संख्या नै २६ लाख नाघिसकेको छ । भ्याक्सिनको विकास र प्रयोग भैसक्दा समेत अझै पनि कोरोनाको त्रास अन्त्य हुन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ