Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsराजदूतकाे बयान सकियाे । छानविन जारी

राजदूतकाे बयान सकियाे । छानविन जारी


सिड्नी/डिसेम्बर ११

पैसा लिएर अर्दलीका रुपमा एक युवालाई अष्ट्रेलिया लगेकाे आराेप खेपेका राजदूत लक्की शेर्पाले परराष्ट्र मन्त्रालयमा बयान दिएकी छिन् । 

अष्ट्रेलयाका लागि नेपाली राजदूत लक्की शेर्पा

विवादमा परेपछि सरकारले उनलाई नेपाल बाेलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकाे थियाे । उनले आईतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसमक्ष  आफ्नो बयान दिएकी हुन् । त्यस्तै उनले छानबिन समितिमा समेत बयान दिएकी छिन्।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथी मानव तस्करीकाे आराेप लागेपछि परराष्ट्रका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा अस्ट्रेलियासमेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारीसहितको समितिले उनीबारे छानबिन थालेको थियाे । 

समितिकाे छानविन र राजदूतकाे बयानपछि मात्रै राजदूत शेर्पालाई निरन्तरता दिने वा फिर्ता बाेलाउने भन्ने निर्णय गरिने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

राजदूतका चालक वाङ्छु शेर्पाले ३३ लाख रुपैया तिरेर अष्ट्रेलिया आएकाे दावी गरेका छन् । उता अष्ट्रेलियामा रहेकाे नेपाली दुतावासले भने वाङ्छुले चाेरी गरेर दुतावासबाट भागेकाे भन्दै गत वर्ष नै कारवाहीका लागि परराष्ट्र, प्रहरी र अष्ट्रेलियाकाे प्रहरीलाई खबर गरेकाे थियाे । 

त्यसाे त वाङ्छुले राजदुतमाथी लगाएकाे आराेपकाे मुख्य आधार तमसुक, फेसबुक मेसेज र फाेन रेकर्ड नै हचुवा जस्ताे देखिन्छ । 

दुतावासले कारवाही गरेपछि वाङ्छुक गत वर्षदेखि नै अष्ट्रेलियामा शरणार्थी भिषाकाे आवेदन दिएर बसेकाे दुतावासका दावी छ । तर, वाङ्छुले भने मिडियामा आफुले शरणार्थी भिषा पाईसककाे दावी गरेका छन । तर, उनले मिडियामा सार्वजनिक गरेकाे भिषाकाे विवरण अनुसार त्याे ब्रिजिङ भिषा मात्र हाे । शरणार्थी भिषा आवेदन दिएपनि निर्णय भईनसकेकाले उनले  WC 030 सब क्लासकाे ब्रिजिङ भिषा लिएका हुन् । याे भिषा कुनै पनि भिषा आवेदन दिएपछि निर्णय हुनु अघि दिईने सिड्नीका माईग्रेसन एजेन्ट दिनेश पराजुली बताउनहुन्छ । याे भिषामा काम गर्न पाईने भएपनि एक पटक अष्ट्रेलिया छाडेपछि फेरि फर्कन मिल्दैन । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ