Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकम्मरको दुखाईबाट कसरी छुटकारा पाउने ?

कम्मरको दुखाईबाट कसरी छुटकारा पाउने ?


तपाई कम्मर दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने यी उपचारविधिबाट दुखाई मुक्त हुनुहोस् ।

—तोरीको तेलमा थोरै अफिम हालेर पकाउनुहोस् र कम्मरनेर यो तेलले मालिस गर्नुहोस । कम्मर दुखाई पूर्ण रुपमा निको हुन्छ ।

—एक चम्चा अदुवाको धुलो र तातो दूध २०० ग्राम मिलाएर पिउनुहोस्, यसको सेवनपछि वायुरोग कम्मर दुखाई निको हुन्छ ।

—पानी र ५ ग्राम इशबगोला मिलाएर सेवन गर्नाले दुखिरहेको समयमा आराम मिल्छ ।

—सहजनका पातको रसलाई पानीमा मिलाएर तातो गरेर शरीर नुहाउनाले कम्मर दुखाई निको हुन्छ ।

—रायो, तोरी, ज्वानो अथवा तिललाई समान मात्रामा मिलाई पिसेर कम्मरमा लगाएमा दुखाई पूर्ण रुपमा निको हुन्छ ।

—२/२ अमर सुन्दरी बुटी लिनाले कम्मर दुखाई निको हुन्छ ।

—५० ग्राम अमला २०० ग्राम पानीमा भिलाई अर्को दिन बिहान निथ्रिएको पानीमा ६० ग्राम सख्खर मिलाएर खानुहोस् । २-३ हप्तासम्म यसरी खानाले वाथ, कम्मर दुख्नु जस्ता रोगहरु निको हुन्छ ।

‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ