Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली समुदायको पुरानो संस्थाले पायो नयाँ कार्यसमिति, डा. पुडाशैनी अध्यक्ष

अष्ट्रेलियामा नेपाली समुदायको पुरानो संस्थाले पायो नयाँ कार्यसमिति, डा. पुडाशैनी अध्यक्ष


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्थाका रुपमा क्रियाशिल नेप्लिज अस्ट्रेलियन एसोसियसन (एनएए) ले नयाँ कार्यसमिति पाएको छ । एनएएको शनिवार २७ फेब्रुअरीका दिन अनलाईन मार्फत भएको ४४ औँ वार्षिक साधारण सभाले डा मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।

संस्थाको विधानमा रहेको ब्यवस्था अनुसार चारजना उपाध्यक्षहरु क्रमश निशा रानी, सुर्य भट्टराई, डा. घनश्याम चापागाई र डा. बसुन्धरा भट्टराई चुनिएका छन् । यस्तै संस्थाको महासचिव ऋषि आचार्य, सचिव जविन श्रेष्ठ र कोषाध्यक्ष नारायण खनाल चुपनदा कार्यसमिति सदस्यहरुमा तपाश्या श्रेष्ठ, डा. कमल खरेल, आनन्द पारजुली, डा. सन्तोश खनाल, मनऋषि धिताल, पुष्प आचार्य, उज्जवल सुवेदी, भरत राई रहेका छन् । थप पदाधिकारीहरु अध्यक्षले मनोनयन गर्ने विधानको व्यवस्था अनुसार थपिने बताइएको छ ।

प्रमुख निर्वाचन आयुक्त देव गुरुङ र नेपाली समुदायका अग्रजहरु ईन्द्रा वन, डा. नारायण प्रधान र पदम शाक्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिए । कार्यक्रममा बोल्दै राजदुत दाहालले बिगत ४५ बर्ष देखि एन ए ए ले अस्ट्रेलियामा नेपालीको पहिचान कायम राख्न खेलेको भुमिकाको प्रसंसा गर्दै अस्ट्रलियामा परिपक्व सामुदायिक संस्था भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । संस्थाकी पुर्व अध्यक्ष ईन्द्र वन, पूर्व अध्यक्ष डा. नारायण प्रधान, उमेश पन्तले नव निर्वाचित पदाधिकारीलाई बधाइ दिदै सक्रिय कार्यकालको कामना गर्नुभएको थियो । अस्ट्रलियामा नेपाली समुदायको पहुच यहाँको मुलप्रवाहमा पुर्याउन संयोजनको भुमिका खेल्नुपर्ने सुझाव उहाँहरुले एन ए एलाई दिनुभएको थियो ।

पूर्व अध्यक्ष चुरामनी बेलबासेले अस्ट्रेलियामा नेपाली समुदायको जनसंख्या बृद्धिसँगै संस्थाको जिम्मेवारी बढेकाले मुलप्रवाहमा समुदायको पहुच बढाउन सुझाब दिनुभएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै डा. मधु पुडाशैनीले एन ए एले नेपाली समुदायको प्रतिनिधित्व गरेर यहाँका बिभिन्न सरकारी निकाय र स्थानिय समुदायिक संस्थाहरुसँग सहकार्य शुरु गरेको बताए । समुदायिक संस्थामा ब्यवस्थित कर्पोरट संस्कृतिको प्रवद्र्धन गर्दै जाने, समुदायका आवश्यकतालाई सम्बोधन गर्ने, आफ्ना प्रतिबद्धताहरु पुरा गर्दै जाने र आफ्ना सफलताहरुलाई उत्सवको रुपम मनाउँदै जाने बताउनुभयो ।

यस्तै संस्थाका महासचिव ऋषि आचार्यले संगठनिक प्रदिवेदन प्रस्तुत गर्दै एन ए ए यहाँका धेरै सामुदायिक र बहुसास्कृतिक संस्थाको संस्थागत सदस्य भएको र आगामि दिनहरुमा मुलप्रवाहमा नेपाली समुदायको संस्थागत प्रतिनिधित्व बढाउदैलैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अस्ट्रेलियाको संघिय सरकारले प्रतिबद्धता जनाए अनुसार सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रमा नेपाली सामुदायिक भवन बनाउनको लागि अहिले सम्म भएका पहल र प्रगतिहरुको बारेमा कार्यसमिति सदस्य डा सन्तोश खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एन आर एन ओसिनिया संयोजन होम पाण्डेले एन ए एले अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुलाई संयोजन गर्दै सरकारसँग साँघुको रुपमा कामगर्नु पर्ने सुभाव दिनुभयो । संस्थाका सल्लाहाकार पदम शाक्यले शुभकामना मन्तब्य दिदै अस्ट्रेलियाका नेपाली समुदायको अभिभावकको रुपमा एन ए ए ले भुमिका खेलेको भन्दै प्रशंशा गर्नुभएको थियो ।

संस्थाका पुर्वकार्यसमिति पदाधिकारीहरु पुरण सायमी र मन्जु शेरचनलाई आजिवन सदस्यबाट सम्मान गरिएको थियो । नेप्लिज अस्ट्रेलियन एसोसिएसन १९७६ मा स्थापना भएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ