Thursday, 18 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमार्च २८ मा ब्रिसबेनमा भलिवल प्रतियोगिता हुदै

मार्च २८ मा ब्रिसबेनमा भलिवल प्रतियोगिता हुदै


ब्रिसबेन, अष्ट्रेलिया । युनाईटेड गोर्खा भलिबल क्लब, ब्रिसबेनले एक दिने खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नाराका साथ नेपालीहरुको विशेष पर्व फागु पुर्णिमाको अवसर पारेर २०२१ मार्च २८ आइतबारका दिन एक दिने खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

भलिबल प्रतियोगिता लगायतका सम्पूर्ण कार्यक्रम ARC Hill Park, Goss Road, Virginia, क्विन्सल्याण्डमा बिहान १०:०० बजे देखि बेलुकी ७:०० बजे सम्म आयोजना हुने बताइएको छ । प्रतियोगितामा उल्लेखनीय संख्यामा सहभागी टोलीहरुबीच हुने प्रतिस्पर्धात्मक र रोचक भलिबल खेलको अलावा स्वादिष्ट नेपाली खानाका प्रकार उचित मूल्यमा उपलब्ध हुने आयोजकको दाबी छ । यस्तै बालबालिकाको लागी रमाइलो खेलहरु, सांगीतिक र सामुहिक होली खेल्ने कार्यक्रमहरु पनि आयोजना हुने जनाइएको छ ।

यस्ता किसिमका कार्यक्रमले विदेशी भुमीमा रहेका नेपालीहरु बिच आपसी समन्वय तथा भाइचारा बढाउने युनाईटेड गोर्खा भलिबल क्लबका नवराज भण्डारीले बताउनुभयो । सबैको प्रिय खेललाई नयाँ पुस्ता माझ परिचित र अझ ब्यापक बनाउन समेत भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ