Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविद्यार्थी र भिसाधारीलाई छिट्टै सिमाना खुल्ला गर्ने अष्ट्रेलियाको तयारी

विद्यार्थी र भिसाधारीलाई छिट्टै सिमाना खुल्ला गर्ने अष्ट्रेलियाको तयारी


ब्रिजवेन
अष्ट्रेलियाले विदेशी विद्यार्थी र भिषावालालाई छिट्टै आउन दिने संकेत गरेको छ ।
कोरोना भाइरस लकडाउनका कारण अष्ट्रेलियाले झण्डै एक वर्षदेखि विदेशी नागरिकका लागि आफ्नो सिमा बन्द राखेको छ । नव नियुक्त अध्यागमन मन्त्री एलेक्स हकले सावधानी अपनाएर विद्यार्थी लगायत विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशका लागि छिट्टै व्यवस्था गरिने जनाउनुभएको हो । स्थानिय संचारमाध्यम एसबिएससंगको अन्तरवार्ताका क्रममा मन्त्री हकले विदेशी विद्यार्थी र भिषावहाकहरु अष्ट्रेलियाको अर्थतन्त्रका लागि निकै महत्वपुर्ण भएको भन्दै उनीहरुलाई छिट्टै प्रवेश दिने बताउनुभएको हो ।
खोप कार्यक्रमले तिब्रता पाएसंगै अष्ट्रेलियाले अन्तराष्ट्रिय सिमाना खोल्ने तयारी थालेको मन्त्री हकको भनाई छ । सिमाना ठ्याक्कै कहिलेदेखि खुल्ला हुन्छ भन्ने विषयमा भने मन्त्रीले केही खुलाउनुभएन । तर, मन्त्रीका भनाईलाई आधार मान्दा छिट्टै नै विदेशी विद्यार्थी र नागरिकका लागि सिमाना खुल्ला हुने देखिन्छ ।

Photo- Alex Hawke facebook



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ