Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतको कारागारमा रहेका दीपक जैसी ४० वर्षपछि थुनामुक्त

भारतको कारागारमा रहेका दीपक जैसी ४० वर्षपछि थुनामुक्त


कोलकाता, काठमाडौं । भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) ४० वर्षपछि आज थुनामुक्त भएका छन् । कर्तव्य ज्यान मुद्दामा थुनामा परेका जैसी उच्च अदालत कोलकाताले बुधवार साँझ दिएको आदेशबाट थुनामुक्त भएका हुन् ।

भाइ प्रकाशचन्द्र तिम्सिनालाई जिम्मा लगाएर जैसी शनिबार थुनामुक्त भएका छन् । उनका भाइ नेपालबाट कोलकाता पुगेपछि दमदम कारागारबाट मुक्त गर्ने प्रक्रिया शुरु भएको थियो । प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको छ । ४० वर्षपछि कारागारबाट छुटेका जैसीको परिवार तथा आफन्तजन खुसीले प्रतिक्षा गरिरहेका छन् ।
तस्विर : बीबीसीबाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ