Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा बाढी : न्यूसाउथवेल्सका ३५ हजार बढीले घर छाडे, सुरक्षित बस्न अलर्ट

अष्ट्रेलियामा बाढी : न्यूसाउथवेल्सका ३५ हजार बढीले घर छाडे, सुरक्षित बस्न अलर्ट


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको मौसममा लगातार बद्लाब देखिएको छ । वर्षादसँगै सुरु भएको निरन्तरको झरिले खोलामा पानीपानी बहाब बढ्न थालेपछि सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने न्यूसाउथवेल्स राज्यका केही स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ । करिब १८ हजारलाई सुरक्षित स्थानमा सारेको राज्य सरकारले आज विहान मात्रै थप १५ हजार जनालाई आपतकालीन बाढीको चपेटामा पर्नसक्ने अलर्टसहित सुरक्षित बस्न सूचित गरेको छ ।

प्रिमियर ग्लेडिस बेरेजिक्लिनले रातभरमा स्थिति अझै खराब बनेको प्रतिक्रिया दिदै आज थप १५ हजारलाई सुरक्षित राख्न सतर्क अवस्थामा बस्न भनिएको र उनीहरुले पनि घर छोड्नुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ । आज चेतावनी जारी गरिएका बासिन्दा हकर्सबरी नदी र उत्तरी नदी क्षेत्रका छन् । विहान ८ बजे जारी गरिएको चेतावनीमा कोलो नदी आसपासका सबैलाई तत्कालै उक्त स्थान छोड्न भनिएको छ । माथिल्लो कोलो, तल्लो कोलो, कोलो केन्द्र तथा विहीनी क्रिक बढी प्रभावित देखिदा आपतकालीन सेवा कमिश्न कार्लेनी योर्कले कोलो क्षेत्रमा रहेको २ सय घरका ५ सय जनालाई उद्धार गर्नुपर्ने स्थिति रहेको जानकारी दिनुभएको छ । सोमबार मात्रै १८ हजार मानिसहरुलाई आफ्नो घर खाली गराएर सुरक्षित स्थानमा सारिएको थियो ।

बाढी प्रभावित क्षेत्रहरुमा नेपालीहरुको समेत बाक्लो बसोबास भए पनि अहिलेसम्म त्यस्तो कुनै क्षतिको खबर आएको छैन । न्यूसाउथवेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले यसअघि नै सूचना जारी गर्दै कुनै पनि आपतकालीन अवस्थामा सहायताका लागि आफूहरू तयार रहेको र सुरक्षित रहन अपिल गरिसक्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ