Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिनियाँ राजदूत यान्छीको राजनीतिक दौडधुप, प्रचण्ड र नेपालसँग भेटवार्ता

चिनियाँ राजदूत यान्छीको राजनीतिक दौडधुप, प्रचण्ड र नेपालसँग भेटवार्ता


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरी राजनीतिक भेटवार्ता र दौडधुपलाई तिब्रता दिनुभएको छ । राजदूत यान्छीले सोमबार साँझ मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग भेटवार्ता भएको छ । एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष दाहालसँग राजदूत यान्छीले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अझ, दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्लो राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेको बताइएको छ । समसामयिक राजनीतिक विषयमा चासो राख्नुभएकी राजदूत यान्छीले कम्युनिष्ट सरकारलाई नै निरन्तरता दिन जोड दिएको पाइएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पुनः कम्युनिस्ट नेताहरुसँगको भेटवार्तालाई सक्रियता दिएर कम्युनिष्ट एकाताको लबिङ गर्न खोजेको कतिपयको आँकलन छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदा समेत राजदूत यान्छीले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ