Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल र बङ्गलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र बङ्गलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल र बङ्गलादेशबीच चार वटा महत्वपुर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच सहयोग आदानप्रदान लगायतका विषयमा भेटवार्ता भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ