Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया राज्यमा प्रतिबन्धहरु खुकुलो बन्दै, शुक्रबारबाट सपिंग सेन्टरमा मास्क अनिवार्य नहुने

भिक्टोरिया राज्यमा प्रतिबन्धहरु खुकुलो बन्दै, शुक्रबारबाट सपिंग सेन्टरमा मास्क अनिवार्य नहुने


भिक्टोरिया, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्य कोरोनामुक्त बनेसँगै राज्य सरकारले शुक्रबार साँझ ६ बजेबाट राज्यमा लगाइँदै आएको कोभिड १९ कोरोनाको प्रतिबन्धलाई थप खुकुलो बनाउँने भएको छ । अब भिक्टोरियाका रिटेल शपहरु र सपिंग सेन्टरमा जाँदा मास्क अनिवार्य हुनेछैन ।

यस्तै भिक्टोरियावासीले शुक्रबारबाट आफ्नो घरमा १ सय जनासम्म व्यक्तिहरुको जमघट गर्न सक्नेछन् । अब कार्यालयमा सबै कर्मचारीले काम गर्न पाउने भएपनि २ मिटरको भौतिक दूरि भने कायम गर्नुपर्नेछ । सार्वजनिक स्थलमा २ सय जनासम्म भेला हुन सक्नेछन् । आगामी शुक्रबारबाट सरकारी सेवाका कर्मचारीहरु साताको तीन दिन काममा जान पाउनेछन् । क्यासिनो, नाईट क्लब, डान्सफ्लोरमा २ मिटर स्क्वायरको नियम लागू हुनेछ भने यहाँ सहभागी हुन पाउनेको संख्या भने निश्चित गरिएको छैन । ईन्डोरका यस्ता ठाउँहरुमा कार्यक्रमस्थलको ७५ प्रतिशत क्षमतामा चलाउन पाइने भएको छ । यो संख्या १ हजारबाट बढाउन नपाइनेगरि सिमा तोकिएको छ । कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले सार्वजनिक यातायात, ट्याक्सीहरु, राईडसेयर सर्भिस तथा एज्डकेयर होम र अस्पतालहरुमा भने मास्क अझै अनिवार्य रहेको जानकारी दिनुभएको छ ।

केही दिनअघि मात्रै एकजना संक्रमित निको भएर घर फर्किएपछि भिक्टोरिया राज्यले शुन्य कोरोना संक्रमितको सफलता पाएको हो । पछिल्लो समय हरेक दिन १३ हजार हाराहारिमा परिक्षण भैरहेकोमा सबैलाई कोभिड १९ कोरोना नेगेटिभ देखिनेगरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ