Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा ‘क्याज्वल’ ( आकस्मिक/भईपरी) कामदारले पाउने भए थप अधिकार । एक वर्षपछि फुलटाईम हुन पाईने

अष्ट्रेलियामा ‘क्याज्वल’ ( आकस्मिक/भईपरी) कामदारले पाउने भए थप अधिकार । एक वर्षपछि फुलटाईम हुन पाईने


सरल/ सिड्नी, अष्ट्रेलियामा क्याज्वल अर्थात आकस्मिक रुपमा काम गर्ने कामदारले एक वर्षपछि अनिवार्य फुलटाईम वा पार्टटाईम हुन पाउने गरि कानुन बन्दैछ । 

संभवत: मंगलबार राजधानी क्यानवरास्थित संसदबाट पारित हुने कानुनले क्याज्वल कामदारकाे थप अधिकार सुनिश्चित गर्नेछ । 

याे कानुनले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी लगायत २० लाख क्याज्वल कामदारलाई फाईदा पुग्ने स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । 

अब बन्ने कानुन अनुसार क्याज्वल कामदारले एक वर्षपछि आफ्नाे राेजगारदातासंग पार्टटाईम वा फुलटाईम काम माग्न सक्छन् । चित्तबुझ्दाे व्यवसायिक आधारबिना राेजगारदाताले कामदारकाे साे अनुराेधलाई नकार्न नसक्ने गरि कानुन बन्न लागेकाे हाे । यदि राेजगारदाताले एक वर्षपछि पनि क्याज्वललाई पार्टटाईम वा फुलटाईम बनाउन नमाने, फेयर वर्क कमिसन र अदालतले राेजगारदाताकाे निर्णयकाे छानविन गर्न सक्दछ ।

याे कानुनले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई पनि फाईदा पुग्नेछ । नेपाली विद्यार्थीहरु यहाँकाे कामदार सम्बन्धी कानुनबारे बेखबर हुदा समस्यामा पर्ने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ