Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकिन बन्छ काठमाडौं बारम्बार विश्वकै प्रदूषित शहर ?

किन बन्छ काठमाडौं बारम्बार विश्वकै प्रदूषित शहर ?


काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वको वायु प्रदूषित शहरको सूचिमा एक नम्बरमा परेको छ । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले काठमाडौंलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राख्दा चीनको राजधानी बेइजिङ दोश्रो नम्बरमा परेको छ ।

आईक्यू एयरको शुक्रबारको विवरण अनुसार काठमाडौंको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) १ सय ९४ पुगेको छ । सामान्यत राम्रो वायुका लागि एक्यूआई ५० भन्दा कम हुनुपर्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नु स्वास्थ्यका लागि अति नै हानिकारक मानिन्छ ।

काठमाडौंको वायु प्रदूषण बढ्नुको कारण
दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलोका कारण काठमाडौं उपत्यकाको वायु प्रदूषित भएको आँकलन गरिएको छ । सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढ्दा वायु प्रदूषित भएर शुक्रबार काठमाडौंबासीले आँखा पोल्ने र घाँटी खसखसाउनेलगायतका स्वास्थ्य समस्या महसुस गरेका थिए। जल तथा मौसम विज्ञान विभागकी मौसमविद सजिना शाक्यका अनुसार भारतको राजस्थान, हरियाणा, पञ्जाबस्थित थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको हो ।

वायु प्रदूषित हुँदा काठमाडौंको हवाई उडानसमेत प्रभावित भएको थियो। सुख्खा मौसम र खडेरिका कारण केही समय प्रदुषण नहट्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ