Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशव्यापी बन्दै पिडान, अग्रवालको अध्यक्षतामा धनुषा शाखा विस्तार

देशव्यापी बन्दै पिडान, अग्रवालको अध्यक्षतामा धनुषा शाखा विस्तार


काठमाडौं । औषधि थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवसायी संघ पिडानले आफ्नो सञ्जाललाई देशव्यापी बनाउन थालेको छ । औषधि थोक व्यवसायीको हकअधिकार, सुरक्षा लगायतलाई सुनिश्चित गर्ने अभियानमा जुटेको पिडानले पछिल्लो समय धनुषा जिल्लामा शाखा विस्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले विधिवतरुपमा शाखा सञ्चालनको अनुमति दिएसंगै शाखाको तर्दथ कार्यसमिति संरचना विस्तार भएको हो । प्रमोद कुमार अग्रवालको अध्यक्षतामा विस्तारित संघको संस्थागत संरचनाका उपाध्यक्ष ,महासचिव, सचिव र कोषाध्यक्षमा क्रमस गणेश प्रसाद शाह, मनोज कुमार शाह, प्रमोद ठाकुर, राजकिशोर शाह रहेका छन् । यस्तै, कार्य समिति सदस्यहरुमा रमेश कमार शाह, अखिलेश कुमार शाह, अभिषेक सुरेका, अमित अग्रवाल, सञ्जय जलान र सञ्जीव कुमार जयसवाल चयन भएका छन् ।

थोक औषधि व्यवसायीको हकाधिकारका लागि निरन्तर क्रियाशील रहँदै आएको पीडानका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले अब संगठन केन्द्रमा मात्रै नभएर प्रदेश, जिल्ला र स्थानीय तहसम्मै विस्तार हुने बताए । थोक व्यवसायीका माग र मुद्धासँगै सुरक्षा लगायतका बिषयमा संघले व्यवसायीको साथमा रहेर काम गर्ने अध्यक्ष वास्कोटाको प्रतिबद्धता रहेको छ ।

यसअघि नै गण्डकी प्रदेससँगै दाङ, धनगढी, नेपालगञ्ज, वीरगंज लगायतका जिल्लामा शाखा विस्तार गरिएको छ । साङ्गठनिक संरचना विस्तारसंगै धनुषाका सम्पूर्ण औषधिका थोक व्यवसायीवृतमा नयाँ उमंग सिर्जना भएको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ