Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगैरआवासीय नेपाली सोसल क्लब ओमानमा बिकल झाको अध्यक्षतामा नयाँ कार्यसमिति

गैरआवासीय नेपाली सोसल क्लब ओमानमा बिकल झाको अध्यक्षतामा नयाँ कार्यसमिति


काठमाडौं । गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानले बिकल झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । भर्चुल माध्यमबाट सम्पन्न साधरण सभाले झाको नेतृत्वमा २१ सदस्यीय सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको सोसल क्लब ओमानले जानकारी दिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश चौधरी र सुरेश खड्का चयन भएका छन् । महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा सर्वसम्मत चयन भएका छन् । सुरज चित्रकारलाई युवा संयोजक र क्याप्टेन पुजा बस्नेतलाई महिला संयोजकको जिम्मेवारी दिएको सभाले प्रवक्तको जिम्मेवारी महेन्द्र तिवारीलाई दिएको छ । यस्तै, लक्ष्मी प्रसाद कोइराला, साङ्गी जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू सदस्य चयन भएका छन् ।

कानूनी रुपमा सोसल क्लबका नाममा दर्ता भएपनि ओमानमा यो नै गैर आबासीय नेपाली संघ (एनआरएनए) का रुपमा क्रियाशिल रहदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ