Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमालेमा भाँडभैलो : माधवकुमार नेपाल र भीम रावल ६ महिनाका लागि निलम्बित

एमालेमा भाँडभैलो : माधवकुमार नेपाल र भीम रावल ६ महिनाका लागि निलम्बित

पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेर पत्र पठाएका छन् । पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जानकारी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुवै नेतालाई गराएका हुन् ।

कारबाही गरिएको भन्दै नेपाल र रावललाई पठाइएको पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण
स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने निर्णय नेकपा एमालेले गरेको छ । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तीन दिनभित्र जवाफ दिन माग गर्दै अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय गरिएको जनाइएको छ ।

पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति उल्टै प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाएका थिए भने नेता भुसाल र पाण्डेले जवाफ फर्काएका थिएनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ