Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपित्तनलीको क्यान्सरसंग लडिरहेका विशालको नेपालमा निधन

पित्तनलीको क्यान्सरसंग लडिरहेका विशालको नेपालमा निधन


ब्रिजवेन

भारतको नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा उपचार गराइरहेका विशाल पौडेलको सोमबार निधन भएको छ । एक वर्षदेखि पित्तनलीको क्यान्सरसंग लडिरहेका विशाललाई अष्ट्रेलियाका नेपालीहरुले पैसा उठाएर उपचारका लागि भारत पठाएका थिए । एनआरएन कुइन्सल्याण्डका कोषाध्यक्ष शम्भु घैंसेले विशालको निधन भएको पुष्टी गर्नुभएको हो ।
विशाललाई भारत लगेर उपचार गर्न सहयोग गर्ने संस्थाकी प्रतिनीधि प्रेरणा पवालाई उधृत गर्दै घैंसेले विशालको निधनको पुष्टी गर्नुभएको हो । परिवारका सदस्यहरुबाट भने विशालको अवस्थाको स्वतन्त्र पुष्टी हुन बाकी छ । भारतमा उपचार गराइरहेका विशालको उपचार संभव नभएपछि केही साता अघि उनलाइ नेपाल लगिएको थियो । पवाले सेभ विशाल भन्ने फेसबुक ग्रुपमा दिएको जानकारी अनुसार विशालको सोमबार विहान निधन भएको हो ।
अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका विशाललाई उपचारका लागि गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डले गो फन्ड मि मार्फत झण्डै ८५ हजार डलर संकलन गरेको थियो । गो फण्डमिमा २४ सय जनाले सहयोग गरेका छन् । उनको उपचारमा अन्य थुप्रै व्यक्तिले स्वतन्त्ररुपमा आर्थिक सहयोग समेत गरेका थिए ।
कोरोना लकडाउनकै बिच गत वर्ष विशाल उपचारका लागि अष्ट्रेलियाबाट भारत गएका थिए । विशाल भारत गएपछि गो फन्ड मिको लग इन एनआरएनए कुइन्सल्याण्डले परिवारकै सदस्यलाई जिम्मा लगाएको घैंसेको भनाई छ । केही दिन अघिसम्म पनि उक्त गो फण्डमि खातामा पैसा जम्मा भइरहेको देखिन्छ ।
गम्भीर प्रकृत्तिको क्यान्सर भएकाले अष्ट्रेलियामा उपचार संभव नभएपछि परिवारको अनुरोधमा विशाललाई एनआरएनए कुइन्सल्याण्डले भारत पठाएको हो । विशाललाई भारत पठाउन अष्ट्रेलियाको सिम्प्लि ह्युम्यान भन्ने संस्थाले समेत सहयोग गरेको थियो ,। विशालले गत फेव्रवरीमा फेसबुकमा पोष्ट गर्दै सबै सहयोगी हातहरुप्रति धन्यवाद दिएका थिए ।
यत्ति धेरै मानिसले आर्थिक सहयोग र शुभेच्छा राख्दा पनि विशाललाई बचाउन नसकेकोमा दुख लागेको एनआरएनए कुइन्सल्याण्डका उपसंयोजक अमृत खत्रीले बताउनुभयो । ‘हामीले सकेको कोसिस गर्यौ तर, पनि विशाललाई बचाउन नसक्दा दुख लागेको छ’- खत्रीले भन्नुभयो ।
नेपालगन्ज स्थाई घर भएका २५ वर्षीय विशाल पौडेललाई गत मे १२ तारिखमा क्यान्सर भएको पुष्टी भएको हो । विशाल सन् २०१७ मा श्रीमतीलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ