Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकार चालकको चक्कु प्रहारबाट अमेरिकामा प्रहरीको मृत्यु

कार चालकको चक्कु प्रहारबाट अमेरिकामा प्रहरीको मृत्यु


काठमाडौं । अमेरिकामा कार चालकले चक्कु प्रहार गरेर एक प्रहरीको हत्या गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालक २५ वर्षका नोहा ग्रिन नामले प्रहरीलाई चक्कुले आक्रमण गरेका हुन् ।

आक्रमणमा ज्यान गुमाउने विलियम ‘बिली’ इभान्स नाम रहेका प्रहरी अधिकारी रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जानकारी दिएको छ । प्रहरीको गोली लागेर चालकको पनि मृत्यु भएको जनाइएको छ । राजधानी ह्वाइट हाउसस्थित संसद भवन नजिकै भएको चक्कु प्रहारको घटनामा परेर अर्का एक जना घाइते भएका छन् ।

संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गर्दा हाताहाति भएको थियो । अहिलेको आक्रमण भने कुनै आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको जनाइएको छ ।

तस्वीर : ईपीए



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ