Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsताइवानमा रेल दुर्घटना : ५० जनाको मृत्यु, दर्जनौं घाइते

ताइवानमा रेल दुर्घटना : ५० जनाको मृत्यु, दर्जनौं घाइते


काठमाडौं । ताइवानको एक सुरुङमा रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । ४ सय ९४ यात्रु बोकेको आठ डब्बायुक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका छन् । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाएको ताइवानस्थीत सुरक्षा अधिकारिहरुले जानकारी दिएका छन् ।

राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिदै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

तस्वीर : रोयटर्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ