प्रकोपमा नेपाललाई सघाउने बाचा गर्दै सकियो अष्ट्रेलियामा विज्ञ सम्मेलन
क्यानबेरा
गैरआवासिय नेपालीहरुले प्रकोपका बेला नेपाललाई कसरी सघाउन सकिन्छ भनेर अष्ट्रेलियाको राजधानी क्यानवेरामा एक दिने सम्मेलन आयोजना गरेका छन् । सम्मेलनमा नेपालमा भाइरोलोजी ल्याब खोल्ने, भविष्यमा आउन सक्ने महामारी र प्रकोपका बेला नेपाल सरकारसंग सहकार्य गर्ने, प्रकोप व्यवस्थापन सम्बन्धी अष्ट्रेलियामा सिकेको ज्ञानलाई नेपालमा लगानी गर्ने तथा प्रकोप सम्बन्धी नियमित प्रकाशन गर्ने लगायत १४ बुदे घोषणापत्र जारी गरिएको छ ।
गैर आबासिय नेपाली सँघ एनआरएन अष्ट्रेलियाको प्रकोप ब्यबस्थापन सम्बन्धी कार्यदलले आयोजना गरेको सम्मेलनमा अष्ट्रेलियाको नेपाली समुदायका लागि प्रकोप सम्बन्धी सहयोग प्याकेजहरु भित्र्याउन पहल गर्ने तथा राज्य र संघस्तरिय प्रकोप समितिहरुमा नेपालीको पहुच बढाउन सक्रिय हुने घोषणा पनि गरिएको छ । कार्यक्रममा नेपाल साइन्स फाउण्डेशन र एनआरएन अष्ट्रेलियाको सयुंक्त पहलमा तयार ‘डाईसेक्टिङ दि प्याण्डेमिक कोभिड १९’ नामक पुस्तकको भर्चुअल लोकार्पण समेत गरिएको थियो । कोरोना भाइरस र यसले पारेको प्रभावका बारेको सो पुस्तक डाक्टर भरतराज पौडेल, डा राजु अधिकारी र डाक्टर रामकृष्ण निरौलाले संयुक्त रुपमा लेख्नुभएको हो । डाक्टर पौडेल एनआरएन अष्ट्रेलियाका प्रकोप ब्यबस्थापन कार्यदलका सँयोजक समेत हुनुहुन्छ ।
अष्ट्रेलियाका नेपालीहरू माझ पहिलो पटक आयोजित यो सम्मेलनको उद्घाटन अष्ट्रेलियाका लागी नेपाली राजदुत महेश राज दाहालले गर्नुभएको थियो । कार्यक्रममा राजदुत दाहालले पहिलो पटक यस्तो उच्च स्तरिय सम्मेलन आयोजना गरेर नेपाल र अष्ट्रेलियाको नेपाली समाजको ज्ञान र शिप अभिबृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकलाई धन्यबाद दिनुभयो ।
यो अबसरमा प्रकोप ब्यबस्थापन र कोभिड १९ को महामारीमा अष्ट्रेलिया स्थित बिज्ञ र पेशाकर्मीहरूले गरेका अनुसन्धान र पेशागत सलग्नता बारे प्रस्तुती दिईएको थियो। विज्ञहरुले प्रस्तुत गरेका कार्यपत्रहरु एनआरएनए अष्ट्रेलियाको वेवसाइटमा राखिने बताइएको छ । सम्मेलनमा भागलिन सिड्नी, मेलबर्न, ब्रिसबेन, तास्मानिया, दक्षिण अष्ट्रेलिया लगायत स्थानबाट झण्डै २ सय सहभागी राजधानी क्यानबेरा पुगेका थिए । घोषणापत्रको १४ बुँदा यस्ता छन् ।
Summary and Recommendations
- The Disaster conference is the first conference and should be held as an annual event
- The conference included eight different presentations to cover various aspects of COVID
pandemic management and impacts in Nepal. - All presentation materials, conference booklet and book should be shared on NRNA webpage.
- The conference recognised and highlighted the strength and role of NRNA, Community
- Organizations, professional organisations like AMDA in COVID pandemic crisis mitigation both
- physical and mental health crises.
- Conference appreciated the role of media and recognized the role of media partnership in crises
- Management to raise greater awareness and mitigation efforts campaigns.
- Sign MOU between Nepal Embassy and Community organisations to work jointly in future crises management.
- DECMT works closely with NRN Australia Pandemic Committee DECMT, NAST, NSFT, SK&TT to explore the feasibility to launch jointly Disaster Journal in the future.
- NRNA and Disaster Taskforce to apply for Federal and State Government Grants and send representation to the Australia Government Disaster Committee.
- The continuation and publication of the 2nd issue with larger contributions on the pandemic crises is recommended.
- Work closely with Embassy to liaison with Nepali government efforts. Nepal Embassy, NAST and NRNA proposed Virology Lab proposal to be pursued
- FeNCAA support role at policy levels with the Australian Government is necessary. NRNA SK&TT Department to play a proactive role in the transfer of knowledge and innovation in disaster areas.
photo- Bharat Raj Paudel
ट्याग : #Nepali in Australia, #NRNA Australia, #pandemic conference
तपाईको प्रतिक्रिया