Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओलीको बिकल्प खोज्ने कांग्रेस र माओवादी पहलमा जसपा बाधक !

ओलीको बिकल्प खोज्ने कांग्रेस र माओवादी पहलमा जसपा बाधक !


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक ठोस निष्कर्षविनै सम्पन्न भएको छ । सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेस, माओावदी केन्द्र र जनता समाजवादी बार्टीबीचको बैठकमाा नयाँ सरकार बनाउनका लागि कांग्रेसले प्रस्ताव गरेपनि सहमति जुट्न नसकेको हो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा व्यक्तिवाद र तानाशाही प्रबृत्ति हाबी भएको भन्दै तीन दलका शिर्ष नेताबीचको बैठकमा अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भनेर सभापति देउवाले प्रस्ताव गरेको बताइएको छ । सभापति देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाएपनि जनता समाजवादी पार्टीका नेताहरुले भने अब पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने जवाफ फर्काएका थिए । जसपा नेता महन्थ ठाकुरले कांग्रेसले केपी ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव राखेकोमा छिट्टै हाम्रो बैठक बसेर निर्णय गर्छौँ भन्ने जवाफ फर्काएको बताए ।

नेपाली कांग्रेसका सभापति देउवाले नयाँ सरकार गठनको पहल थालेको भनिदैगर्दा पार्टी र माओवादी केन्द्रबाट आएको दबाबलाई मत्थर बनाउन केबल बैठकका लागि बैठक बोलाइएको कतिपयको आँकलन छ । जसपाले समेत प्रधानमन्त्री ओली आफूहरुको माग सम्बोधन गर्ने प्रक्रियामा रहेको जनाउँ दिदै तत्काल कांग्रेस नेतृत्वको बैकल्पिक सरकारको पक्षमा नखुल्ने संकेत यसअघि नै गरिसकेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता सहकार्यको वार्ता सकारात्मक भएको भनिदैगर्दा जसपाले गर्ने निर्णय नै निर्णायक हुने देखिएको छ । अब फेरि अर्को छलफल बसेर ओली सरकारको बिकल्पमा तीन दलको गठबन्धन बन्छ वा यहि बैठक नै अन्तिम हुन्छ, केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ