Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsम्यानमारमा सैन्य सरकारको ज्यादती, शुक्रबार मात्रै ८० बढीको हत्या

म्यानमारमा सैन्य सरकारको ज्यादती, शुक्रबार मात्रै ८० बढीको हत्या


काठमाडौं । म्यान्मारमा सैन्य सरकारको ज्यादती जारी रहँदा ७०० बढी नागरिकले ज्यान गुमाएका छन् । फेब्रुअरीमा शासन सत्ता हातमा लिएर संकटकाल घोषणा गरेको सैन्य सरकारले प्रदर्शनलाई दबाउन चलाएको गोली लागेर शुक्रबार मात्र यांगुनको नजिक कम्तीमा ८० जनाको मृत्यु भएको छ ।

म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (आप) ले शुक्रबार मात्र ८० जनाको सेनाको गोली लागेर मृत्यु भएको दाबी गरेको छ । दैनिक बढ्दै गएको प्रदर्शनलाई दबाउन सैन्य सरकारले बल प्रयोग जारी राख्दा अन्तर्राष्ट्रिय समूदायबाट चर्को बिरोध हुँदैआएको छ । फेब्रुअरी १ को सैनिक कू पछि अहिलेसम्म म्यानमारमा ७०० जना भन्दा बढीको ज्यान गएको विवरणहरू सार्वजनिक भएका छन् ।

सैन्य दमन र हत्याका घटनाहरु बढेको प्रति विश्व समूदायले कडा प्रतिवाद गरेपनि म्यानमारमा सेनाले चालेको कदम सच्चिन सकेको छैन । बरु प्रदर्शनसँगै नियोजित रुपमै हुने हत्याका घटना बढिरहेका छन् ।

तस्वीर : रोयटर्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ