Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहर : संक्रमित १४ करोड १४ लाख, ३० लाख बढीको मृत्यु

कोरोना कहर : संक्रमित १४ करोड १४ लाख, ३० लाख बढीको मृत्यु

अमेरिका, भारत र ब्राजिलको अवस्थ चिन्ताजनक


एजेन्सी, काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३० लाख २६ हजारबाट उकालो लागेको छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर ३० लाख २६ हजार २०६ जनाको ज्यान गएको छ । अहिलेसम्म १४ करोड १४ लाखमा कोरोना संक्रमण पहिचान भएकोमा १२ करोड ९१ हजार बढीले कोरोना जितेका छन् ।

कोरोना संक्रमित मध्ये १ लाख ७ हजारको अवस्था गम्भिर रहेको छ । अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् । भने यी तीन देशमा अहिलेसम्म १० लाख बढीले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म ३ करोड २३ लाख ६१ हजार २८० जना संक्रमित फेला पर्दा ५ लाख ८० हजार ७५६ जना संक्रमितको ज्यानगएको छ । अतिप्रभावितको दोस्रो स्थानमा रहेको भारतमा संक्रिमितको संख्या १ करोड ४७ लाख ८८ बाट उकालो लाग्दा १ लाख ७७ हजार १६७ जनाको ज्यान गइसकेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा १ करोड ३९ लाख १३४ जना संक्रमित भेटिएका छन् । यहाँ कोरोनाबाट ३ लाख ७१ हजार ८८९ जनाको ज्यानगएको छ ।

१ अर्ब ३० करोड जनसंख्या रहेको भारतमा अहिले संक्रमण तीव्र गतिमा बढिरहेको छ । शनिबार दिनभर मात्रै पनि भारतमा २ लाख ६० हजार संक्रमित थपिदा १४ सय संक्रमितको ज्यानगएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ