Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकिन्ने हो, पुष्कर शाहको साइकल ? गाला डिनर आज

किन्ने हो, पुष्कर शाहको साइकल ? गाला डिनर आज


सरल गुरुङ/सिड्नी
विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो साइकल लिलामी गर्ने भएका छन् ।
पुष्कर शाह फाउण्डेसनले बिहिबार सिड्नीको रकडेलमा गर्न लागेको च्यारिटी डिनरको कार्यक्रममा शाहले आफुले चढेको साइकल लिलाम बिक्री गर्न लागेको हो ।
१ सय ५० वटा देश साइकलमा घुमेका शाह पछिल्लो समय स्वदेशमा संघर्ष गरिरहेका छन् । आर्थिक अभावले सताउन थालेपछि उनी केही महिनाअघि अष्ट्रेलिया आएका हुन् । उनकै सहयोगमा सिड्नीका जुजारु युवाहरुले च्यारिटी डिनरको आयोजना गरेका हुन् ।
च्यारिटी कार्यक्रममा पुष्कर शाहको साइकलको मोल बडाबड गरि बिक्री गरिने आयोजकले जनाएको छ ।


साइकल कस्तो छ ?

लिलामीमा राखिएको साइकल पुष्करले विश्व भ्रमण गरेको साइकल भने होइन । तर, यो साइकल चढेर पुष्कर शाहले सन् २०१४ मा अष्ट्रेलिया परिक्रममा भने गरेका थिए ।
सिड्नीबाट सुरु भएको साइकल यात्रा क्यानवेरा, मेलवर्न, एडिलेट, डार्विन, क्यानबेरा हुदै १२ हजार किलोमिटर दौडेर सिड्नीमै फर्किएर टुगिंएको थियो ।


यो साइकल चढेर पुष्कर शाहले सन् २०१४ मा अष्ट्रेलिया परिक्रममा भने गरेका थिए


त्यस्तै पुष्कर शाहलाई सहयोग गर्न सिड्नीका कलाकार पेन्टर कृष्णले पनि आफ्नो पेन्टिङ लिलामीमा राख्दै छन् ।
च्यारिटीबाट उठेको रकमले काठमाडौमा ‘पुष्कर दाईको चिया पसल’ नामक रेष्टुरेन्ट खोलिने तयारी छ ।
पुष्कर शाहको च्यारिटीमा तपाइ पनि आउने हैन त ?



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ