Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रकाश सुवेदीले एपीवान टिभिमा संचालन गरेका ‘रजतपट र ग्ल्यामर गफ’ कार्यक्रम बन्द !

प्रकाश सुवेदीले एपीवान टिभिमा संचालन गरेका ‘रजतपट र ग्ल्यामर गफ’ कार्यक्रम बन्द !


काठमाडौं । सधै विवादमा आइरहने चलचित्र पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम बन्द भएका छन् । नायिका शिल्पा पोखरेलको विषयमा प्रशारण गरिएको सामाग्रीको बिवादको उजूरी बारे एपीवान टीभीको बोर्ड बैठकले निर्णय गर्दै सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’लाई अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा एउटा समाचार प्रशारण गरिएको रिपोर्टलाई लिएर शिल्पाले आफ्नो चरित्र हत्या भएको भन्दै एपीवानमा उजुरी दिएकी थिइन् । शिल्पाको पहिलो उजुरीमाथी निर्णय लिदैएपीवान बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता बाहेक उनीसँग सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न सुवेदीलाई पत्र काटेको थियो । तर, सुवेदीले नै संचालन गर्दै आएको अर्को कार्यक्रम ‘ग्ल्यामर गफ’मा निर्माता छविराज ओझाको अन्तरवार्ता प्रशारण भएपछि सो विषयलाई लिएर शिल्पाले कार्यक्रम नै बन्द गर्नुपर्ने भन्दै उजुरी दिएकी थिइन् ।

शिल्पाको उजुरीको आधारमा सुवेदीले संचालन गर्दै आएको दुबै कार्यक्रम प्रशारण अनिश्चितकालका लागि स्थगित गरिएको बताइएको छ । यता, संचारकर्मी सुवेदीले भने आफूसँग असारसम्म कार्यक्रम प्रशारण गर्ने संझौता भएको भन्दै कार्यक्रम बन्द नहुने प्रतिक्रिया दिनुभएको छ । हुन त, यो एउटा बिवाद मात्रै होइन चलचित्र पत्रकारका रुपमा कान्तिपुर टेलिभिजनबाट रजतपट सुरु गरेदेखी नै सुवेदी र कालाकारबीच विवाद चल्दै आएपनि कार्यक्रम बन्द सम्मको अवस्था आएको थिएन ।

सुवेदीसँगका पछिल्ला विवादहरु यस्ता छन् :
सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा प्रशारण भएका केही बिषयहरुले चलचित्र वृत्त तथा दर्शकमाझ चर्चा पाइरहन्छन् ।

१. नायिका पूजा शर्माले आफ्नो शारीरिक वनावटमाथि टिप्पणी गरेको भन्दै सुवेदी विरुद्ध चलचित्र कलाकार संघ, एपीवान बोर्ड लगायतमा उजुरी दिइन् । सुवेदीले ‘दाह्रा भएका’ भनेपछि पूजाले उजुरी दिएकी थिइन् । यो बिषय सहमतीमै टुंगियो ।

२. सुवेदीकै कार्यक्रममा नायिका स्वस्तिमा खड्का र उनका श्रीमान् निश्चल बस्नेतमाथि पनि टिप्पणी भयो। कलाकारको काम नभएपछि ‘बुढो बोक्यो हिड्यो’ भन्दै सुवेदीले टिप्पणी गरेका थिए । यो टिप्पणी स्वस्तिमाले कार्यक्रममा अन्तरवार्ता दिन नआउने भन्दै गरेको इन्कारको प्रतिबाद भएको धेरैको बुझाई छ । यस्तो टिप्पणी पछि सुवेदीसँग कहिल्यै पनि अन्तरवार्ता नदिने स्वस्तिमाले घोषणा गरिन ।

३. सुवेदीले एपीवानअघि प्राइम टीभीमा संचालन गरेको रजतपट अंकल कार्यक्रममा निर्देशक दीपाश्री निरौलाको बिषयमा विवाद भएको थियो । सुपरस्टार हिरो राजेश हमालमाथीको टिप्पणी र सो विवादले दीपाश्रीको करिअरमा नै ठूलो असर देखापर्यो ।

विगतमा सालिन सञ्चारकर्मीका रुपमा कार्यक्रम सञ्चालन गर्ने सुवेदीले पछिल्लो समय कुनै न कुनै बिवाद र फण्डा बनाएरै चर्चामा आउने कामले दर्शकलाई मनोरञ्जन दिएपनि कलाकर्मीहरुले बारम्बार असन्तुष्टि व्यक्त गर्दैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ