Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजापानको चमत्कार, ५ मिनेट मै कोरोनाको रिपोर्ट पत्ता लगाउन सकिने प्रविधिको विकास

जापानको चमत्कार, ५ मिनेट मै कोरोनाको रिपोर्ट पत्ता लगाउन सकिने प्रविधिको विकास


एजेन्सी । जापानले पाँच मिनेटमै कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण भए नभएको पहिचान गर्न सकिने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट यस्तो प्रविधि पत्ता लगाइएको बताइएको हो ।

जापनका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्वजनिक गरेसँगै विश्वभर नयाँ विकास गरिएको प्रविधि कस्तो होला भन्ने कौतुहलता बढेको छ । हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउन कम्तीमा एक घन्टा समय लाग्ने गरेको छ । पछिल्लो प्रविधिको विकाससँगै अब कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्ने विश्वास गरिएको छ । जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले भने जापनी विज्ञहरुले जनाए अनुसार भन्दै यो प्रविधिले अब यहाँ कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने सार्वजनिक गरेको छ ।

उक्न्स्टच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिएको बताइएको छ । तर यो प्रविधि कहिलेबाट प्रयोगमा आउने भन्नेबारे केही खुलाइएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ