Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअब अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि नयाँ नो अब्जेक्सन लेटर जारी नहुने

अब अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि नयाँ नो अब्जेक्सन लेटर जारी नहुने


काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी नगर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलका अनुसार बुधबारदेखि अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिने प्रक्रिया बन्द गरिएको हो ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको कारण देखाउँदै यी ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरिएको बताइएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका यी ५ देश धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने गन्तब्य मुलुक हुन । यी देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ