Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleनेपालमा कोरोनाको दोश्रो लहर, पछिल्लो २४ घण्टामै थपिए २३ सय बढी संक्रमित

नेपालमा कोरोनाको दोश्रो लहर, पछिल्लो २४ घण्टामै थपिए २३ सय बढी संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ५१ ज्ना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार २ सय २० जना र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जना गरी दुई हजार ३ सय ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी उपत्यकामा मात्रै एक हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ । २ सय ८७ जनाले कोरोना जितेको यहि अवधिमा १० जनाको निधन भएको छ । क्वारेन्टिनमा ८६ जना छन्। आईसीयूमा १ सय ८० र भेन्टिलेटरमा ४७ जना उपचाररत छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ