Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५५६ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५५६ कोरोना संक्रमित

काठमाडौं उपत्यका उच्च जोखिममा


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै थप १२ जना संक्रमितको सोही अवधिमा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार१२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ४२ र ८ सय ९३ एन्टिजेन परीक्षणबाट१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९ सय १२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जना संक्रमित थपिएका छन् । यस्तै बाँकेमा ३ सय ७, मोरङमा १ सय ३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् । कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२÷३२ जनामा कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ । अहिलेसम्म कोरोनाका कारण ३ हजार १ सय ७६ जनाको मृत्यु भएको छ । २ लाख ७७ हजार ९ सय ५१ जनाले कोरोना जितेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ