Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना संक्रमण बढेसँगै नेपालका सबै विद्यालय बन्द, परिक्षा समेत स्थगित

कोरोना संक्रमण बढेसँगै नेपालका सबै विद्यालय बन्द, परिक्षा समेत स्थगित


काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्मका लागि भन्दै देशभरका सबै विद्यालय बन्द गराउने निर्णय गरेको छ । यसअघि नै विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारले भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएकोमा सोही निर्णयलाई निरन्तरता दिएको बताइएको छ ।

यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिसलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेसँगै घोषित सबै परिक्षाहरु स्थगित भएका छन् । यस्तै सरकारले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्या २०० बढी पुगेको र जोखिमको आधारमा निषेधाज्ञा गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहलाई दिएको छ । सीसीएमसी बैठकको सिफारिस बमोजिम सरकारले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै निषेधाज्ञा लगायतका आवश्यक निर्णय लिनसक्नेगरि अनुमति दिइएको छ ।

नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय समेत सरकारले गरेको छ । सार्वजनिक तथा निजी यातायात बन्द गराउने निर्णयमा पुगेको सरकार आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णयमा पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ