Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइजरायलस्थित रब्बीको समाधीस्थलमा भागदौड, कम्तिमा ३८ जनाको मृत्यु

इजरायलस्थित रब्बीको समाधीस्थलमा भागदौड, कम्तिमा ३८ जनाको मृत्यु


एजेन्सी । इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिदा ३८ बढीको मृत्यु भएको हो । उक्त धार्मिक कार्यमा एक लाख बढी मानिस सहभागी भएको बताइएको छ ।

नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिदा सयौं घाइते भएको जनाइएको छ । स्थानीय अधिकारीहरुले मृत्यु हुनेको आधिकारिक संख्या भने जानकारी गराएका छैनन । दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्दछन् । भेला भएकाहरूले रातभरि आगो बालेर नाचगान गर्ने प्रचलन रहदैआएको छ ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ