Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentगायक प्रकाश सपुत बने कोरोना संक्रमित

गायक प्रकाश सपुत बने कोरोना संक्रमित


काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना भारसको संक्रमण भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको गायक सपुत आफैले जानकारी दिनुभएको हो ।

गायक प्रकाशले काठमाडौं मेडिकल कलेजमा गराएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको उल्लेख गर्दै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्न अनुरोध गर्नुभएको छ । एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएर पिसिआर टेस्ट गरेको जानकारी गराउनुभएका गायक सपुतले कोरोनालाई सामान्य नठान्न सबैलाई आग्रह गरेका छन् । कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वाससहित गायक सपुत होम आइसोलेसनमा बसेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ