Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जिते कोरोना, सबैले मनन गर्नुपर्ने सन्देश

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जिते कोरोना, सबैले मनन गर्नुपर्ने सन्देश


काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त हुनुभएको छ । कोरोना संक्रमणलाई पराजित गर्दै श्रेष्ठ मेडिसिटी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज हुनुभएको हो ।

विगतमा होम आइसोलेसनमा बसेर कोरोना जितेपनि यसपटक संक्रमित भएपछि ८ दिनअघि मेडिसिटीमा भर्ना गरिएको थियो । ८ दिने अस्पताल बसाई पछि आफू निको भएर घर फर्केको जानकारी कलाकार श्रेष्ठ आफैले गराउनुभएको थियो । कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह गर्दै संक्रमणको जोखिमबाट बच्न जनस्वास्थ्य मापदण्डको पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । सांसारिक प्रलयका रुपमा आएको महामारीलाई पराजित गर्न सबैले एक अर्कालाई साथ सहयोगको हात अघि बढाउनुपर्छ, सामाजिक सञ्जाल मार्फत जारी गरिएको कलाकार श्रेष्ठको भिडियो सन्देशमा भनिएको छ ।

भिडियो सन्देशको सार
संसारलाई महासंकट पारेको र प्रलयको रुपमा आएको कोरोना कहरका बेला सबैलाई माया गरौँ । सबैको हित सोचौँ । केही छैन जिन्दगी‘ केही छैन‘ । शरीर फलाम जस्तो लाग्थ्यो पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । तर हावा रहेछ सबै शरीरमा केही रहेनछ । यो कोरोनाले शरीर एकदमै गल्दो रहेछ । पहिलाको कोरोनाले इमिनिटी पावर जिरो बनाउने रहेछ तर इनर्जी रहिरहने रहेछ । तर अहिलेको कोरोना त्यसको ठीक उल्टो रहेछ । अहिलेको कोरोनाले इमिनिटी रहने तर इनर्जी पावर जिरो । शरीरमा इनर्जी नै छैन । प्लेटको भात शुद्ध चम्चाले लिन नसकिने । मुखमा पु¥याउने त परको कुरा । मेरो परिवारका पाँचै जनालाई कोरोना संक्रमणले छोयो । परिवारका कसैलाई बाँकी राखेन । सबैलाई झ्पाप्पै पार्ने रहेछ । परिवारमा कसैले कसैलाई वास्ता गर्न सक्ने स्थिति थिएन । पानी तताएर दिने अवस्था थिएन ।

म ८ दिन अस्पताल बसेर आए । मनमा भगवान भएका छिमेकीहरु पाएर म आफूलाई एकदम भाग्यमानी ठानिरहेको छु । मेरो परिवारका सदस्यहरुलाई उहाँहरुले ख्याल गर्नु भो । मिठोमिठो पकाएर खुवाउनुभयो । यस्तो सहयोग देशैभर हुनुपर्छ । सबैले सबैलाई प्रेमका आँखाले हेर्ने । सबै मिलेर कोरोनालाई जित्नुपर्छ । अरु त के भनौँ र मास्क अत्यन्त जरुरी छ, मास्क लगाउनुहोला । असुरक्षित ठाउँमा नजानु होला । सामाजिक दूरी कायम गर्नुहोला । साबुन पानीले बेला बेला हात धुनुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ