Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका २९ जिल्लामा निषेधाज्ञा, यस्तो छ बन्देजको सूची

नेपालका २९ जिल्लामा निषेधाज्ञा, यस्तो छ बन्देजको सूची


काठमाडौं । कोरोनाको दोस्रो लहरले तिब्र रुप लिएसँगै देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तराईं–मधेस तथा उपत्यकाका ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगेका जिल्लाहरुमा कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै स्थानीय प्रशासन मार्फत विभिन्न निषेधका आदेशहरु जारी भएका हुन ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, अत्यावश्यक बाहेकका सवारी साधनहरुमाथी समेत प्रतिबन्ध लगाइएको छ । तराईं–मधेस तथा उपत्यकाका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने गरी संघीय मन्त्रिपरिषद्ले निर्णय गरेसँगै काठमाडौं उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिरका केही जिल्लामा वैशाख १६ गते (बिहीबार)देखि नै निषेधाज्ञा लागू भएको थियो । केही जिल्लामा भने शुक्रबार र शनिबार तथा केही जिल्लामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी भएको छ । यी मध्ये २२ जिल्लामा पूर्ण रुपमा र ७ जिल्लामा संक्रमण फैलिएको स्थानका आधारमा आंशिक निषेधाज्ञा लगाइएको छ । शनिबारसम्म २१ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आइतबारदेखि लागू हुनेछ । बाँकी ७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा गरिएको छ । बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

निषेधाज्ञा जारी गरिएको कास्की जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

निषेधाज्ञा जारी भएका जिल्लाको सूची :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ