Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब निषेधाज्ञामा थप कडाइ, यस्तो छ सीसीएमसीको निर्णय

अब निषेधाज्ञामा थप कडाइ, यस्तो छ सीसीएमसीको निर्णय


काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले नेपालको भारततर्फ खुल्ला गरिएका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैक तथा वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्ने भएका छन् । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफण्टा र गड्डाचौकी रहेका छन् । बैठकले संघीय मन्त्रीलाई प्रदेशको समन्वय गर्ने गरी खटाउन मन्त्रीपरिषद्मा सिफारिस समेत गरेको छ । सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको सीसीएमसीले निर्माण कार्य सुचारु गर्ने भए कामदार र कर्मचारीहरुलाई निर्माणस्थलमा नै राख्नुपर्ने सर्त अघि सारेको छ ।

उद्योगहरु सञ्चालन गर्ने सम्बन्धमा मजदूर तथा कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन दिएको छ । नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय समेत सीसीएमसीले गरेको छ । विदेशबाट आउने विदेशीले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने र नमाने डिपोट (निकाला) गर्ने निर्णय भएको छ । सीसीएमसी बैठकले यसअघि क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।

यी हुन सीसीएमसीका निर्णयहरु :
(क) आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्नेः–
(१) निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने ।
(२) अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने ।
(३) काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासका आधारमा समाचार संकलन गर्न पाइने ।
(ख) उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्नेः
(१) कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने ।
(२) कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
(३) सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने ।
(४) आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने।
(ग) क्वारेन्टिन अनुगमनसम्बन्धमा देहायबमोजिम गर्नेः–
(१) काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने ।
(२) होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने ।
(३) होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल म्भउयचत गर्ने प्रक्रिया अघि बढाउने ।
(४) होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने ।
(५) होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने ।
(घ) जनचेतनासम्बन्धमा देहायबमोजिम गर्नेः–
(१) आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित÷प्रकाशित गर्न अनुरोध गर्ने ।
(२) सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ