Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआन्तरिक उडान सोमबार रातीदेखी र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखी बन्द

आन्तरिक उडान सोमबार रातीदेखी र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखी बन्द


काठमाडौं । सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ भारतबाट हुने सम्पूर्ण उडान, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान बन्द गर्ने निर्णय भएको बताइएको छ । अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर यथावत रहनेछन् । वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान समेत रोक्ने निर्णय गरेको सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने स्वास्थ्य मापदण्ड पुरा गराएर अनुमति दिने जानकारी दिएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ