Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा थपिए ७ हजार ४४८ संक्रमित, ७२० जना आईसीयू र भेन्टिलेटरमा

नेपालमा थपिए ७ हजार ४४८ संक्रमित, ७२० जना आईसीयू र भेन्टिलेटरमा

एक दिनमा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण र संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या तिब्र बन्दैछ । पछिल्लो २४ घण्टामा थप ३७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षणबाट ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना पहिचान भएको हो । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ । दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेर ५४ हजार ४१ पुगेको छ । गम्भिर किसिमको संक्रमण पहिचान हुने क्रम समेत बढ्दो क्रममा देखिएको छ । देशका विभिन्न अस्पतालमा ३ हजार ८६९ संक्रमित उपचारका लागि भर्ना भएकोमा ५ सय ७८ जना आईसीयू र १ सय ४२ जना भेन्टिलेटरमा रहेका छन् । यसले पनि गम्भिर बिरामीसँगै कोरोनाको जोखिम तिब्र बनेको देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ