Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsमेलवर्नमा नेपाल महाेत्सव आज

मेलवर्नमा नेपाल महाेत्सव आज


सिड्नी/ नेपाल चिनाउने अभियानस्वरुप गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले गर्ने नेपाल महाेत्सवकाे मेलवर्न संस्करण आज आयाेजन भईरहेकाे छ ।

मेलवर्नको पर्यटकीयस्थल फेडेरेसन स्क्वायरमा महाेत्सव भईरहेकाे हाे । केही बेरअघि देखि विभिन्न सांस्कृतिक झाँकीसहित नेपाल परेड भईरहेकाे छ ।
परेडमा करिब एक हजार नेपालीलाई सहभागी रहकाे एनआरएनका उपाध्यक्ष तथा भिक्टोरिया संयोजक केशव कँडेलले जानकारी दिए।
नेपाली खाना, गीत, संगीत र कला संस्कृतीको जर्गेनाका साथै मुलुकको परिचय स्थापीत गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निभाउँदै आएको संयोजक कडेँलले जानकारी दिए। महाेत्सवमा यवा क्रिकेटर सन्दिप लामिछाने पनि सहभागी हुनेछन् । त्यस्तै महाेत्वमा भाग लिन गायिका अभय सुब्बा पनि मेलवर्न पुगेकी छिन् ।
एनआरएनए अस्ट्रेलियाले नेपालीको बाक्लो बस्ती रहेको महत्वपूर्ण राज्यहरुमा सन् २००६ देखि हरेक दुई–दुई वर्षमा महोत्सवको आयोजना गर्दै आएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ