Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना कहर : ७ हजार ६६० संक्रमित थपिदा एकैदिन ५५ जनाको मृत्यु

नेपालमा कोरोना कहर : ७ हजार ६६० संक्रमित थपिदा एकैदिन ५५ जनाको मृत्यु


काठमाडौं । नेपालमा विस्तार भएको कोरोनाको दोश्रो लहरको संक्रमणले थप तिब्रता पाउन थालेको छ । पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा सोही समयमा ५५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षण गर्दा सात हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणबाट ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोनामुक्त भएका छन् । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ । सक्रिय संक्रमित मध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा रहँदा देशभरका अस्पताल वा संस्थागत आइसोलेसनमा भर्ना भएकाहरुको संख्या केवल चार हजार २ सय ७८ रहेको छ । मंगलबार ६ सय १६ जना आईसीयूमा र १ सय ७९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७ सय ९० जनाले कोरोना जित्दा संक्रमणबाट तीन हजार ४ सय १७ जनाले ज्यान गुमाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ