Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाको सन्त्रास, यस्ता देखिदैछन हृदयबिदारक दृश्यहरु

नेपालमा कोरोनाको सन्त्रास, यस्ता देखिदैछन हृदयबिदारक दृश्यहरु


काठमाडौं । नेपालमा कोरोना संक्रमण र मृत्युदरले उच्च रेकर्ड बनाउँदैगर्दा सबै उमेर समूहमा जोखिम र त्रासदी बढेको छ । बुधबार मात्रै ८ हजार ६५९ जना संक्रमित थपिदा ५८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । सामान्य अवस्थाका संक्रमित समेत केही समयको अन्तरालमै जटिल बन्ने अवस्था देखिएको भन्दै स्वास्थ्यकर्मीहरुले सचेत र साबधान बन्न सबैलाई आह्वान गरिरहेका छन् ।

कोरोनाको इपिसेन्टर बनेको काठमाडौं उपत्यकामा मात्रै ३० हजार हाराहारी सक्रिय संक्रमित पुगेका छन् । उपत्यकामा बुधबार मात्रै पनि ३ हजार ८२५ जना संक्रमित थपिएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या नै ६६ हजार ३५२ पुगेको छ । यसलाई सरुवारोग विशेषज्ञ तथा चिकित्सकहरुले खतराको घण्टी भनेपनि रोकथाम र उपचार सेवामा राज्य र नागरिकको हेलचेक्राई उस्तै छ ।

संक्रमितले अस्पतालमा बेड नपाउने अवस्था आउँदा स्वास्थ्यकर्मीहरु भने दिनरात नभनि बिरामीको उपचारमा खटिएका छन् । नेपालगन्जको भेरि अस्पतालको कोभिड वार्डमा खटिएका नर्सहरु भोक, प्यास र निद्रा नभनि खटिएका दृश्यले यतिबेला सबैलाई भाबुक बनाइरहेका छन् । कतिपय आफै संक्रमित हुँदा समेत संक्रमितलाई बचाउने सेवामा खटिएका छन् । यी दृश्यपनि एकपटक हेरौँ ।

यहाँ संक्रमण र मृत्युदरले तिब्रता पाउँदा कोरोना नियन्त्रण र उपचार राज्यको पँहुच भन्दा बाहिर जाने अड्कलबाजीहरु समेत भैरहेका छन् ।

सामूहिक दाहसंस्कारको अवस्था आउन सक्छ सचेत बनौँ : नेपाली सेना
नेपाली सेनाले कोरोना संक्रमणपछि मृत्यु भएकाहरुको व्यवस्थापन गर्दै आएको छ । आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको सङ्ख्या वृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने नेपाली सेनाको प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउनुहुन्छ ।

घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना अर्थात् भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले मिचीमिची हात धुने र स्यानिटाइजर गर्ने विषयमा विशेष ध्यान पु¥याएर त्यो अवस्था आउन नदिन सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । तर नागरिकस्तरमा बेवास्ता र हेलचेक्राई बढी नै देखिएको छ । सरकार पनि स्वास्थ्य पूर्वाधार लगायतको व्यवस्थापनबाट नागरिकको जीवन बचाउन र कोरोना रोकथाममा प्रभावकारी कदम चाल्न चुकिरहेको देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ