Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News८४ वर्षे बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

८४ वर्षे बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि विहान न्यूरो अस्पताल भर्ना गरिएका प्रधानको बिहिबार दिउँसो निधन भएको हो ।

८४ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिनु भएका प्रधानका घुम्तीमा न आऊ है, पर लैजाऊ फूलहरु,नमन लाज यसरि,गोरेटो त्यो गाउँको,राजमती कुमति लगायत थुप्रै गीतहरु सर्वप्रिय छन् । यी गितहरुले पनि प्रधानलाई मृत्युपछि समेत अमर बनाउने छन् । बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै साङ्गितिक माहोल थियो। उनका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्ने श्रष्टाहरु थिए।

प्रधानको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। यसैको प्रभाव प्रेमध्वजमा परेको कतिपय श्रष्टाहरुले बताउने गरेका छन् । संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले प्रेमध्वज प्रधानको निधनबाट नेपाली कला संगित क्षेत्रले अपुरणिय क्षती ब्यहोर्नुपरेको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ