Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsआदिवासी जनजाति मञ्च अष्ट्रेलियाको नेतृत्वमा फेरी अरुण

आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको नेतृत्वमा फेरी अरुण


सिड्नी/नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको नयाँ नेतृत्वमा फेरी अरुण तामाङ चयन भएका छन् ।
१६ डिसेम्बर,आइतबार बसेको मञ्चको १२ औ साधारण सभाले तामाङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मन चयन गरेको हो । उपाध्यक्षमा पनि लक्ष्मण गुरुङ दोस्रो पटक निर्वाचित भएका छन् । त्यस्तै अर्को उपाध्यक्षमा नारायण भट्टचन चुनिएका छन् ।
अष्ट्रेलियामा बसेर पनि हामीले नेपालको आदिवासी र जनजातिको लागि काम गर्न पाउदा गर्व लागेको उपाध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

अष्ट्रेलियाका जातिय संघसंस्थाका अध्यक्षहरु मञ्चको पदेन उपाध्यक्ष रहने परम्परा छ ।
त्यस्तै मञ्चको महासचिवमा कर्णराज राजवंशी, सचिवमा लिल गुरुङ र कोषाध्यक्षमा राम सिप्थुंखा राई चयन भएका छन् । मञ्चमा १९ जना कार्यसमिति सदस्य छन् ।
सन् २००६ मा स्थापना भएको मञ्च नेपाल आदिवासी जनजाति महासंघको मान्यता प्राप्त निकाय पनि हो । अष्ट्रेलियन सरकारले पनि मञ्चलाई जातिय हक अधिकारका लागि संघर्षरत संस्थाको रुपमा पहिचान गरेको मञ्चको दावी छ ।
अष्ट्रेलियामा रहेका आदिवासी जनजाति संघसंस्थाको छाता संगठनका रुपमा समेत हेरिने मञ्चले परदेशमा आदिवासी जनजातिहरुको पहिचान, अधिकार र प्रतिनिधित्वका लागि अभियान चलाउदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ