Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा अन्तर्राष्ट्रिय उडान बन्द हुँनेदिन यात्रु र उडानको चाप

नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द हुँनेदिन यात्रु र उडानको चाप


काठमाडौं । सरकारको निर्णय बमोजिम बिहिबार राती १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदैछन् । टीआईए बन्द गर्ने भनिएसँगै अन्तिम समयमा यात्रु र उडान संख्यामा अत्यधिक बृद्धि भएको छ । बुधबार र बिहीबार मात्र १ सय ७ वटा फ्लाइट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) बाट भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार यो संख्या कोरोनाको पहिलो लहरपछिको सबैभन्दा धेरै हो । प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीले आज राती १२ बजेसम्ममा २५ वटा विमान टीआईएमा आगमन हुने र २६ वटा विमान नेपालबाट अन्य मुलुकका लागि बाहिरिने जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको जापान गएको एउटा विमान भने शुक्रबार नेपाल फर्किने छ । बिहीबार भन्दा बुधबार ४ वटा बढी उडान भएका थिए । बुधबार ५६ वटा फ्लाइट भएकामा २८ वटा जहाज अन्य मुलुक प्रस्थान गरेको र २८ वटम नेपाल भित्रिएका थिए । यी उडानबाट २ हजार १९१ यात्रु नेपाल आएका थिए भने ३ हजार ७०३ जना नेपालबाट बाहिरिए । १३ वटा चाटर्ड उडान थिए भने अन्य उडान सेड्यूल फ्लाइट अनुसारकै रहेको बताइएको छ ।

देशमा कोरोना भाइरसका संक्रमित संख्या बढेसँगै एक हप्ता अघि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । सरकारले अर्को निर्णय नहुँदासम्म उडान बन्द गर्ने भएपछि केही दिनदेखि अन्तर्राष्ट्रिय फ्लाइट र विभिन्न मुलुक यात्रा गर्ने यात्रुको संख्या बढेको थियो । निषेधाज्ञापछि गत आईतबार टीआईएको अन्तर्राष्ट्रिय टर्मिनलबाट १८ वटा फ्लाइट भएका थिए भने सोमबार २०, मंगलबार २० वटा फ्लाइट भएका थिए ।

यसअघि नेपालबाट अन्तराष्ट्रिय उडान दैनिक १० देखि १५ वटामात्र हुनेगरेको विमानस्थलको रेकर्डमा छ । निषेधाज्ञापछि २६ सयदेखि ३ हजारसम्म यात्रुले हवाई यात्रा गर्दै आएकोमा बुधबार र बिहीबार यात्रुको संख्या करीब दोब्बरले बढेको आँकलन गरिएको छ । अब भने उद्धार र चार्टड उडान बाहेकका नियमित उडान हुने छैनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ