Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिभिसभाका २६ सांसदलाई कोरोना, मतदान गर्न पाउछन वा पाउँदैनन ?

प्रतिनिभिसभाका २६ सांसदलाई कोरोना, मतदान गर्न पाउछन वा पाउँदैनन ?


काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नै लक्षण देखिएर सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षणबाट ८ जना सांसदमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएकोमा १६० जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी)का कर्मचारी रहेको बताइएको छ । प्रतिनिधिसभाका अझै ५४ सांसदको पीसीआर रिपोर्ट संसद् सचिवालयले प्राप्त गरिसकेको छैन । उनीहरूको पीसीआर परीक्षण भएपछि वा रिपोर्ट प्राप्त भएपछि कोरोना संक्रमित सांसदको यकिन संख्या थाहा हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीले विश्वासको मत लिने भन्दै बैशाख २७ गते प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । सो बैठकपूर्व गरिएको पीसीआर परिक्षणको रिपोर्ट आउनेक्रममा संक्रमित थपिएका हुन । संक्रमण पुष्टि भएकाहरुले विश्वासको मत दिने क्रममा मतदान गर्न पाउने वा नपाउने के हुने अझै निश्चित गरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ