Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना : शनिबार थपिए ८ हजार ४१८ संक्रमित, ५३ जनाको मृत्यु

नेपालमा कोरोना : शनिबार थपिए ८ हजार ४१८ संक्रमित, ५३ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४१८ जना संक्रमित थपिदा संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार २८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित
शनिबार थपिएका संक्रमितमध्ये ३ हजार ११३ जना काठमाडौं उपत्यकाका हुन् । यीमध्ये काठमाडौंमा २ हजार २७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ संक्रमित थपिएका छन् । यस्तै रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९ जना, सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११, पर्सा र सिन्धुलीमा १०७\१०७ जना संक्रमित थपिएका छन् ।

नेपालमा अहिले कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ । सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जनाले कोरोना जितेका छन् । अहिलेसम्म २ लाख ९८ हजार ७६५ जनाले कोरोना जितेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ